काठमाडौँ – सप्तरीको शम्भुनाथ नगरपालिकामा क्रिकेट खेलेर घर फर्किएका दाजु–भाई मध्ये भाईको बेहोस भएर मृत्यु भएको भएको छ भने दाजु बेहोस भएर अस्पताल भर्ना भएका छन् ।
शनिबार घर नजिकै रहको खेल मैदानमा क्रिकेट खेलेर घर फर्किएका शम्भुनाथ नगरपालिका १३ वर्षीय राकेश यादवको मृत्यु भएको हो छ । त्यसैगरी १६ वर्षीय दाजु रुपेश यादव बेहोस भएर अस्पताल भर्ना भएका हुन् ।
खेल मैदानबाट घर फर्के लगत्तै राकेश बेहोस भई ढलेको र तत्काल उनको मृत्यु भएको बताइएको छ। अहिले दाजु रुपेश यादवको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मृत्युका कारण भने खुल्न सकेको छैन । प्रहरीले मृत्युका कारण पोस्टमार्टको रिपोर्टपछि खुल्ने र घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















