काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स विरुद्धको खेलमा आचारसंहिता उल्लंघन गरेको भन्दै रिजन ढकाललाई कारबाही गरिएको छ।
फ्रेन्चाइज टोली चितवन राइनोजका बलर रिजन ढकालले अम्पायर विरुद्ध असन्तुष्टि जनाएका थिए। लुम्बिनी लायन्सविरुद्धको खेलमा आचारसंहिता उल्लङ्घन गरेपछि उनलाई आइसीसीको लेभल–१ उल्लंघन गरेको ठहर गरिएको हो।
एलबिडब्ल्यु अपिलमा ‘नट आउट’ निर्णय आएपछि ढकालले अम्पायर विरुद्ध कडा आपति जनाएका थिए। एनपीएलले उनले आफूमाथि लागेको आरोप स्वीकार गरेको जनाएको छ।
यस्तै, प्रस्तावित सजायमा सहमति जनाएका छन्। उनलाई चेतावनीसहित १ डिमेरिट प्वाइन्ट दिएको छ। उक्त खेलमा चितवन ४ विकेटले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















