काठमाडौं– कर्णाली याक्स स्पोर्ट्स प्रालिले भारतका प्रियांक किरित पन्चाललाई अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति कर्णाली याक्सले चौथो विदेशी खेलाडी अनुबन्ध गरेको हो ।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन रणजी ट्रफी खेलिसकेका खेलाडी अनुबन्ध गरिएको जानकारी दिए । “ब्याटिङ बलियो बनाउने योजनासहित हामीले रणजी ट्रफी खेलिसकेका प्रियांकलाई अनुबन्ध गरेका हौँ,” निर्देशक घिमिरेले भने, “प्रियांकको आगमनपछि हाम्रो ब्याटिङ झनै बलियो हुने विश्वास छ ।”
कर्णाली याक्सले यसअघि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । अस्ट्रेलियाका विलियम बासिस्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउड पहिलोपटक कर्णाली याक्सबाट एनपीएल खेल्दै छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















