images
images
  • एनपीएलको ट्रफी आज उपत्यकामा प्रदर्शन

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को टिम काठमान्डू गोर्खाजले काठमाडौं उपत्यकामा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ ।

    बुधबार काठमान्डूले उपत्यकाका भक्तपुरमा बिहान ट्रफी प्रदर्शन गरेको छ ।

    दिउँसो पाटन र वसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गर्ने जनाएको छ ।

    काठमान्डूले पाटन दरबार क्षेत्रमा बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म ट्रफी प्रदर्शन गर्नेछ ।

    त्यसअघि क्लबले बिहान ९ बजेदेखि १० बजेसम्म भक्तपुरमा ट्रफी प्रदर्शन गरेको थियो ।

    दिउँसो १ बजेदेखि वसन्तपुरमा ट्रफी प्रदर्शन गर्ने तालिका छ ।

    नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गते सम्म हुँदै छ ।

    प्रतियोगितामा पहिलो संस्करणकै आठ टिमको सहभागिता छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images