काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) १२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न सहमत भएको छ ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, लिग खेल्ने पाँच क्लब र नेपाल खेलाडी संघसँग मंगलबार भएको छलफलमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले उक्त प्रतिबद्धता जनाएका हुन् ।
गत १७ कात्तिकमा एन्फा पदाधिकारी र ‘ए’ डिभिजन क्लबका अध्यक्षबीचको बैठकले ३ पुस २०८३ देखि ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने सहमति गरेको थियो ।
बरु त्यसको सट्टा आगामी ९ पुसबाट राष्ट्रिय लिग आयोजना गर्ने सहमति भएको थियो ।
त्यसअनुसार चार वर्षपछि मात्र शीर्ष लिग सुरु हुने सम्भावना देखिएपछि खेलाडीहरू आन्दोलित बनेका थिए ।
उक्त कुरा नियालिरहेका मन्त्री गुप्ताले मंगलबार तीनै पक्षलाई वार्तामा बोलाएका थिए ।
मन्त्री गुप्ताले एन्फा अभिभावकीय संघ भएको कारण मिति दिनुपर्ने जिकिर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















