images
images
  • त्रिवि क्रिकेट मैदानको फ्लडलाइट जडान यही साता सम्पन्न हुने

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण फ्लडलाइटमा हुने भएको छ ।

    एनपीएलको खेल तालिका सार्वजनिक भएसँगै फ्लडलाइटमा खेल सञ्चालन हुने तय भएको हो ।

    सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले तालिका सार्वजनिक गरेको थियो ।

    तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्टस् र काठमान्डु गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् ।

    खेल आगामी मंसिर १ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४:०० बजे सुरु हुनेछ ।

    प्रतियोगितामा पहिले संस्करणकै आठ टिमले सहभागिता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images