काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रवीन्द्र गुप्ता दृष्टिविहीन महिला टी–२० वर्ल्डकप क्रिकेट खेलाउने अम्पायरमा नियुक्त भएका छन् ।
उनी आज भारात प्रस्थान गर्दैछन् भने भारतबाट नै १४ नोभेम्बरमा श्रीलंका जानेछन् । प्रतियोगिताको उद्घाटन खेल नोभेम्बर ११ (कात्तिक २५) भारतको नयाँदिल्ली र फाइनल खेल श्रीलंकाको कोलोम्बोमा नोभेम्बर २३ (मंसिर ७) मा हुनेछ ।
नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इङ्गल्यान्डले पहिलोपटक आयोजना हुन लागेको दृष्टिविहीन महिला विश्वकप टी–२० मा सहभागिता जनाउनेछन् ।
गुप्ता नेपालबाट सिनियर टोलीको विश्वकपको खेल खेलाउने नेपालको पहिलो अम्पायर हुनेछन् । यसअघि उनले विभिन्न प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गरिसकेका छन् ।
उनले श्रीलंकामा हुने यस विश्वकपको भारत र पाकिस्तानबीचको खेलको अम्पायरिङ समेत गर्ने भएका छन् ।


विश्व खबर 


















