images
images
  • जनार्दन शर्माको ठाडो निर्देशनले कर्णालीका १३ सांसदहरू माओवादी न नेकपा, खुलेनन् कतै

    काठमाडौं– पार्टी एकताको विरोधमा रहेका पूर्व माओवादी नेता जनार्दन शर्माले कर्णाली प्रदेशका आफ्ना समर्थक जनप्रतिनिधिलाई तत्काल कुनै पक्ष नखुल्न निर्देशन दिएका छन् ।

    नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहितका १० घटकबीचको एकतापछि जनार्दन पक्ष असन्तुष्ट बनेको छ ।

    कर्णालीका केही सांसद एकता सम्मेलनमा पद जोगाउन सहभागी भए पनि उनीहरू मूलतः जनार्दन निकट मानिन्छन् ।

    पूर्वमुख्यमन्त्री तथा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा न एकता सम्मेलनमा देखिए न जनार्दनले घोषणा गरेको ‘प्रगतिशील अभियान’मा ।

    उनीमाथि दुवै पक्षलाई सन्तुलनमा राख्ने चलाखी गरेको आरोप लागेको छ ।

    जनार्दन निकट जनप्रतिनिधिहरूले भने आफूहरू जनताद्वारा निर्वाचित भएकाले अहिले कुनै राजनीतिक गतिविधिमा नजाने बताउँदै पार्टी होइन, जनताको काममै केन्द्रित हुने प्रतिक्रिया दिएका छन् ।

    कर्णालीमा माओवादी केन्द्रका १३ सांसदमध्ये अधिकांश जनार्दन निकट थिए ।

    पछिल्ला दिनमा केही सांसद एकताको पक्षमा उभिएका छन् भने अन्यले छलफलमा रहेको भन्दै मौनता अपनाएका छन् ।

    संस्थापन पक्षले भने पार्टी एकताको विरोध गर्नेहरूलाई आवश्यक कारबाहीको चेतावनी दिएको छ ।

    जनार्दन पक्षका जनप्रतिनिधिहरू भने नएकीकृत पार्टीको आदेश मान्ने, नखुलेर विरोध गर्ने रणनीतिमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images