images
images
  • हङकङ सुपर सिक्सेस : राशिद खानको ह्याट्रिक

    काठमाडौं– हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका राशिद खानले ह्याट्रिक पूरा गरेका छन् ।

    पहिलो खेलमा अफगानिस्तानविरुद्ध उत्कृट बलिङ गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

    पहिलो ओभरमा महंगो बनेका राशिदले दोस्रो ओभर बलिङ गर्दा ह्याट्रिक पूरा गरेका हुन् ।

    राशिदले दुई ओभर बलिङ गर्दा २७ रन दिँदै चार विकेट हात पारे। नेपालका लागि लोकेश बमले एक विकेट हात पारे ।

    ब्याटिङ तर्फ अफगानिस्तानविरुद्ध सन्दीप जोराले अर्धशतक बनाए ।

    १४ बलको सामना गरेका जोराले ८ छक्का हिर्काउँदै ५३ रन बनाएका हुन् ।

    अन्य ब्याट्सम्यानले नेपालका लागि उल्लेख्य रन जोड्न सकेनन् ।

    राशिदको ह्याट्रिक र सन्दीपको अर्धशतक बने पनि नेपाल अफगानिस्तानसँग पहिलो खेलमा १७ रनले पराजित भएको छ ।

    टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले पूरै ६ ओभर खेल्दै दुई विकेटको क्षतिमा ९५ रनमा समेटियो ।

    नेपालले समूह चरणको दोस्रो खेलमा शनिबार दक्षिण अफ्रिकाको सामना गर्दैछ ।

    प्रतियोगितामा नेपालसहित विभिन्न १२ राष्ट्र सहभागी छन् ।

    चार समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ ।

    त्यसैगरी समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images