images
images
  • ओडीआईमा नेपाली ब्याटर बने रोहित

    काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा कीर्तिमान बनाएका छन् ।

    रोहित नेपाली क्रिकेट टिमबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन बनाउने पहिलो ब्याटर बनेका हुन् ।

    रोहितले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)मा घरेलु टिमविरुद्ध दुई रन बनाएसँगै यो कोसेढुंगा पार गरेका हुन् ।

    उनले यूएईविरुद्ध नेपाली टिमको खातामा सात बलको सामना गर्दा दुई रनमात्रै थपे ।

    रोहितले हालसम्म नेपाली टिमबाट ७६ खेलमा ७२ इनिङ खेल्दा कुल दुई हजार रन बनाएका छन् ।

    यस क्रममा उनले दुई शतक र ११ अर्धशतक प्रहार गरेका छन् ।

    रोहित नेपाली टिमबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतक बनाउने पहिलो र हालसम्मका एकमात्र ब्याटरसमेत हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images