images
images
  • आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीसँग भिड्दै

    काठमाडौं– युएईमा जारी आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज घरेलु टोलीसँग भिड्दै छ ।

    दुबईको आइसिसी एकेडेमीमा बिहान सवा ११ बजे नेपाल र युएईबीचको खेल सुरू हुनेछ ।

    जारी सिरिजमा नेपाल जितविहीन छ ।

    आज खेल्न लागेको खेल सिरिजको अन्तिम खेल हो ।

    यसअघि अमेरिकाविरूद्धको दुवै खेलमा र युएईसँगको एक नेपाल पराजित भएको थियो ।

    पहिलो खेलमा अमेरिकासँग नेपाल १०६ रनले पराजित भएको थियो ।

    दोस्रो खेल युएईसँग ५ विकेटले पराजित हुँदा तेस्रो खेल पुनः अमेरिकासँगै ४ विकेटले पराजित भएको थियो ।

    लिगको अंक तालिकामा युएई पुछारमा छ। नेपाल १२ अंकसहित सातौं स्थानमा छ ।

    आजको खेलमा जित निकाल्दै नेपाल जारी सिरिजमा पराजयको शृंखला तोड्ने प्रयासमा हुनेछ ।

    नेपाली टोली: रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, मो. आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मो. आसिफ शेख, अनिल कुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशी ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images