काठमाडौं– विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (NPL) को दोस्रो सिजनका लागि न्युजिल्याण्डका विश्वप्रसिद्ध क्रिकेटर मार्टिन गुप्टिललाई दोस्रो सिजनका लागि निरन्तरता दिएको छ ।
गुप्टिल आधुनिक क्रिकेटका सबैभन्दा परिचित नामहरूमध्ये एक हो, जो इनिंगको शिर्षमा आफ्नो विष्फोटक ब्याटिंग र सीमित ढाँचामा प्रभुत्व जमाउने क्षमताको लागि परिचित छन् ।
गुप्टिलको लामो र सफल करियरमा उनी आईसीसी विश्वकप र टी-२० विश्वकप सहित प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा न्युजिल्याण्डका लागि एक प्रमुख खेलाडी भएका छन् ।
२०१५ को विश्वकपमा अविजित २३७ रनको उनको किर्तिमान तोड्ने दोहोरो शतक आधुनिक एकदिवसीय क्रिकेटको सबैभन्दा अविष्मरणीय क्षणहरू मध्ये एक हो ।
विभिन्न फर्म्याटहरूमा हजारौं अन्तर्राष्ट्रिय रन बनाएका गुप्टिलले सीप मात्र नभई शान्त स्वभाव र नेतृत्व पनि मैदानमा ल्याउँछन् ।
इन्डियन प्रिमियर लिग र क्यारेबियन प्रिमियर लगायत विश्वभरका फ़्रेन्चाइज लिगहरूमा उनको अनुभवले उनलाई एनपीएल तथा विराटनगर किङ्सलाई अवश्य मद्धत पुग्नेछ ।
विराटनगर किङ्सका लागि गुप्टिलको आगमनले ब्याटिंग लाइनअपलाई बलियो तथा पावरप्लेको समयमा टोलीलाई आक्रमकता दिनेछ ।
सिजनभरि इनिंग्स एंकर गर्ने र खेल समाप्त गर्ने उनको क्षमता महत्त्वपूर्ण हुनेछ ।
फ्यानहरूले उनको ट्रेडमार्क छक्का, रचनात्मक साझेदारी र म्याच विनिंग प्रदर्शनले नेपालको सबैभन्दा ठूलो क्रिकेट मंचलाई फेरि एकपटक उज्यालो बनाएको हेर्न उत्सुक छन् ।
बिराटनगर किंग्सको बारेमा बिराटनगर किंग्स नेपाल प्रिमियर लिग (NPL) मा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज टिम हो ।
टोलीको उद्देश्य स्थानीय प्रतिभालाई उजागर गर्नु, खेलभावना प्रवर्द्धन गर्नु र फ्यान तथा समुदायसँग गहिरो सम्बन्ध स्थापना गर्दै कोशी प्रदेशको गौरव बढाउनु हो ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्