काठमाडौं– नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा बाल गोपाल महर्जन र चेतन घिमिरे नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले आइतबार महर्जन र घिमिरेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेका पत्र दिएका हुन् ।
यसअघि एन्फाले नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी हरि खड्कालाई दिएको थियो ।
टोलीका मुख्य प्रशिक्षक म्याट रोसले राजिनामा दिएपछि एन्फाले खड्कालाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
नेपालले आगामी २७ गते बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्