काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले हरि खड्कालाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक नियुक्त गरेको छ ।
उनी आगामी एएफसी एसियन कप २०२७ को छनोट खेलका लागि प्रमुख प्रशिक्षक नियुक्त भएको एन्फाले जनाएको छ ।
प्रमुख प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि एन्फाले अन्तरिम कालका लागि खड्कालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
उनले यसअघि राष्ट्रिय महिला टोलीको प्रशिक्षण गरेका थिए ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्