काठमाडौं– नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो ।
रसले करिब आठ महिनामै राजीनामा दिएको एन्फाका महासचिव किरण राईको जानकारी दिए ।
‘के कारणले राजीनामा दिएका हुन्’ भन्ने विषयमा पछि जानकारी गराउने उनले बताए ।
आठ महिनामा रसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले सात अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।
जसमा नेपालले एक खेलमा जित हासिल गर्दा दुई खेल बराबरी तथा चार खेलमा पराजित भएको थियो ।
रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्