काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टिमविरुद्ध ब्याटिङमा खराब सुरुआत गरेको छ ।
बिहीबार दुबईमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले पहिलो पावर प्ले (१० ओभर) को समाप्तिमा दुई विकेट गुमाएर ३३ रनमात्र बनाउन सक्यो ।
नेपालबाट हाल क्रिजमा रहेका आसिफ शेखले १८ र कप्तान रोहितकुमार पौडेलले दुई रन बनाएका छन् ।
त्यसअघि, नेपालले ओपनर कुशल भुर्तेललाई सात र भीम सार्कीलाई दुई रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो ।
शृंखलामा आज नेपाल पहिलो जितको खोजीमा छ ।
नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्