images
images
  • उद्योग, व्यवसाय, निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनीमा संलग्नविरुद्ध प्रहरीले लिएन जाहेरी

    काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले भदौ २४ गते उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीका घटनामा संलग्नहरूविरुद्ध जाहेरी लिन प्रहरीले नमानेको भन्दै आपत्ति जनाएको छ ।

    महासंघले दोषीमाथि छानबिन र कारबाही नगरी जाहेरीसमेत दर्ता नहुँदा दण्डहीनता बढ्ने र व्यवसायी हतोत्साहित हुने चेतावनी दिएको छ ।

    ‘यसले लगानी, रोजगारी, राजस्व संकलन र समग्र अर्थतन्त्रमा दीर्घकालीन असर पार्नेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

    महासंघले निजी क्षेत्रको सुरक्षा प्रत्याभूतिको लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

    यसबारे गृह मन्त्रालयमा पत्राचार पनि गरिएको जनाइएको छ ।

    कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले शान्ति–सुरक्षाबिना उद्यम सञ्चालन सम्भव नहुने बताउँदै दण्डहीनता अन्त्य र व्यवसायीमाथि आक्रमण नहुने सुनिश्चितता गर्न सरकारसँग माग गरे ।

    निवर्तमान अध्यक्ष शेखर गोल्छाले लगानीमैत्री वातावरण र आर्थिक स्थायित्वका लागि सरकार सक्रिय हुनुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images