images
images
  • लक्ष्मी सनराइज बैंक गल्फ प्रतियोगिताको उपाधि दीपक कार्कीलाई

    काठमाडौं – गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न ‘लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ टुर्नामेन्ट २०२६’ को उपाधि दीपककुमार कार्कीले जितेका छन् । १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड पोइन्ट हासिल गर्दै उपाधि जितेका हुन् । दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ उपविजेता बने ।

    नोरबु छिरिङ शेर्पाले ३७ ग्रस पोइन्टसहित बेस्ट ग्रसको उपाधि जिते । महिला विधातर्फ ३४ पोइन्ट हासिल गरेकी अञ्जिला योञ्जन विजेता बनिन् भने ३३ पोइन्टसहित बिपना श्रेष्ठ उपविजेता भइन् ।

    ६० वर्षमाथिको सिनियर विधामा प्रकाश एसजेबी राणाले ३४ पोइन्टसहित उपाधि जिते । पूर्णमान शाक्य ३३ पोइन्टसहित दोस्रो भए ।

    प्रतियोगितामा विजय श्रेष्ठ इनहाउसले लङ्गेस्ट ड्राइभ, रोबिन राणाले क्लोजेस्ट टु द पिन तथा टासी डोङले सर्वाधिक ६ बर्डीका साथ मोस्ट बर्डिजको अवार्ड प्राप्त गरे । लक्ष्मी सनराइज बैंकका रङ झल्किने पहिरन लगाएका बिजयबहादुर श्रेष्ठ र आत्माराम सिम्खडाले ‘एलिगेन्ट गल्फर’ अवार्ड पाए ।

    लक्ष्मी सनराइज बैंकको प्रायोजनमा आयोजित प्रतियोगिता तीन चौथाइ ह्यान्डिक्याप छुटसहित स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको थियो । प्रतियोगितामा ११ महिलासहित ११२ गल्फर सहभागी थिए ।

    प्रतियोगिताको समापनमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, प्रमुख कार्यकारी अधिकृत सुमेध भट्टराई र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले विजेतालाई पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images