images
images
  • ५००० कैदीबन्दी कारागार बाहिँरै

    काठमाडौं– जेन्जी प्रदर्शनको क्रममा देशभरका २८ कारागार र ९ बाल सुधारगृहबाट १४ हजार ५४९ बन्दी फरार भएका थिए ।

    कारागार व्यवस्थापन विभागका अनुसार तीमध्ये हालसम्म ९ हजार ५८२ जना कारागार फर्केका छन् भने ४ हजार ९८२ बन्दी अझै फरार छन् ।

    सरकारले फरार बन्दीलाई कारागार फर्कन अल्टिमेटम दिँदै विशेष खोजी अभियान सञ्चालन गरेको छ ।

    जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरी खोज, नियन्त्रण र पुनः कारागार पठाउने कार्य भइरहेको विभागले जनाएको छ ।

    प्रदर्शनका क्रममा विभिन्न कारागार र सुधारगृहमा झडप हुँदा रामेछापमा ३, धादिङ र सप्तरीमा २÷२ कैदी तथा नौवस्ता र डोटी सुधारगृहमा ६ बालबन्दीको मृत्यु भएको थियो ।

    हाल देशभरका ७२ जिल्लाका ७५ कारागार र सुधारगृहमा ३० हजार ६४१ कैदी तथा बालबन्दी रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images