काठमाडौं– सुशासनविद् काशिराज दाहालले प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
उनका अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति विवरण हेर्नु सुशासनको ऐना हो, जसले पदमा रहँदा कति बढ्यो वा घट्यो भनेर स्पष्ट पार्छ ।
दाहाल भन्छन्, ‘कुनै बहानामा पनि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति गोप्य हुनु हुँदैन। नागरिकले जानकारी पाउनु नै अधिकार हो ।’
उनी अनुसार समय–समयमा सार्वजनिक पद धारण गर्ने व्यक्तिको सम्पत्ति अनुगमन हुनु जरुरी छ र सम्बन्धित निकायमा मात्र नभई सबै नागरिकले जानकारी पाउन सक्नेगरी सार्वजनिक गर्नुपर्छ ।
नेपालमा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास बहुदल आएपछि सुरु भएको थियो ।
२०४६ सालको प्रजातन्त्रपछिको सरकारले निर्वाचनपछि १५ दिनभित्र प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति सार्वजनिक गर्नुपर्ने निर्णय गरेको थियो ।
त्यसयता केही सरकारमा ढिलाइ भए पनि प्रायः सार्वजनिक हुँदै आएको छ ।
दाहालले यसपटक जेन्जी आन्दोलनपछि बनेको सरकारमा भ्रष्टाचार अन्त्य र सुशासनको मागअनुसार प्रधानमन्त्री र मन्त्रीहरूले समयमै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने जोड दिएका छन् ।


विश्व खबर 

















प्रतिक्रिया दिनुहोस्