images
images
  • पाक–अफगान वार्ता भाँडियो किन ?

    काठमाडौं– टर्कीको इस्तानबुलमा आइतबार पाकिस्तान र अफगानिस्तानबीचको वार्तामा गतिरोध आएको छ । अफगान तालिबानको प्रतिनिधिमण्डल तहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) र अन्य आतंकवादी संगठनहरूविरुद्ध ‘विश्वसनीय कदम’ चाल्नबाट पछि हटेपछि यो अवस्था आएको हो ।

    पाकिस्तानले यी आतंकवादी संगठनहरूको अखडा अफगानिस्तानमा रहेको दाबी गर्दै आएको छ ।

    पकिस्तानको अखबार ‘डन’का अनुसार वार्ताको दोस्रो दिन पनि दुवै पक्ष आतंकवादी संगठनहरूलाई समाप्त गर्ने सम्बन्धमा सहमतिमा पुग्न सकेनन् ।

    करिब नौ घण्टाको गहन छलफलपछि पाकिस्तानी सुरक्षा अधिकारीहरूले आफ्नो टोलीले अफगानिस्तानसामु अन्तिम अडान राखेको र तालिबान शासनले सीमापार र अफगानिस्तानभित्र आतंकवादलाई समाप्त गर्न ठोस र विश्वसनीय कदम चाल्नैपर्ने कुरामा जोड लिएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images