images
images
  • ५ वर्षपछि भारत र चीनबीच पुनः प्रत्यक्ष हवाई उडान सुरु

    काठमाडौं– ५ वर्षपछि भारत र चीनबीच पुनः प्रत्यक्ष हवाई उडान सुरु भएको छ ।

    सोमबार भारतको कोलकाताबाट करिब १८० यात्रु लिएर इन्डिगो एयरलाइन्सको फ्लाइट ६ई-१७०३ सोमबार चीनको ग्वाङ्जाउ अवतरण भएको हो ।

    यससँगै करिब पाँच वर्षपछि भारत र चीनबीच प्रत्यक्ष हवाई उडान पुनः सञ्चालनमा आएको हो ।

    कोभिड महामारीको समयमा सन् २०२० को सुरुवातमै दुवै देशबीचको प्रत्यक्ष उडान स्थगित गरिएको थियो ।

    त्यही वर्ष लद्दाखको गलवान क्षेत्रमा भारत र चीनका सेनाबीच भएको हिंसात्मक झडपपछि उडानहरू फेरि पनि सुरू गरेका थिएनन् ।

    तर अहिले दुवै देशबीचको सम्बन्ध क्रमशः सुधारिँदै गएको छ ।

    गत वर्ष दुवै पक्षले सीमा क्षेत्रमा गस्तीसम्बन्धी ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images