images
images
  • होस्टेलबाट प्रहरीले प्रयोग गर्ने हतकडी र लौरो बरामद

    काठमाडौं– काठमाडौंको सुविधानगरस्थित एक होस्टेलबाट प्रहरीले प्रयोग गर्ने हतकडी र लौरो बरामद गरिएको छ ।

    आइतबार (कात्तिक ९) दिउँसो काठमाडौं महानगरपालिका–३२, सुविधानगरस्थित सम्पदा ब्वाइज होस्टेलबाट हतकडी र लौरो बरामद गरिएको प्रहरीले जनाएको छ ।

    ‘जेनजी’ प्रदर्शनका क्रममा लुटिएका हतियार र पोसाक उक्त होस्टेलमा रहेको सूचनाका आधारमा प्रहरीले ‘अपरेसन’ चलाएको थियो ।

    सोही सूचनाका आधारमा खानतलासी गर्दा हतकडी र लौरो बरामद गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images