images
images
  • देशका केही स्थानमा हिमपात र वर्षाको सम्भावना

    काठमाडौं– देशका केही भागमा कात्तिक १० रातिदेखि १२ बिहानसम्म वर्षा र हिमपात हुने सम्भावना छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार, कर्णाली प्रदेशका केही क्षेत्रमा हल्का–मध्यम हिमपात र वर्षा पर्नेछ ।

    बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि हल्का–मध्यम हिमपात र वर्षाको सम्भावना छ ।

    गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने चेतावनी पनि जारी गरिएको छ ।

    हाल पश्चिमी वायु र अरबसागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ ।

    महाशाखाले दैनिक जीवन, कृषि, पर्यटन र पर्वतारोहणमा असर पर्ने भएकाले सतर्क रहन सर्वसाधारण र सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

    केही स्थानको अर्थ

    * १०–३०% क्षेत्रफल: थोरै स्थान
    * १०%भन्दा कम: एक–दुई स्थान
    * ३०–५०%: केही स्थान
    * ५०–८०%: धेरै स्थान
    * ८०%भन्दा बढी: अधिकांश स्थान

    वर्षाको वर्गीकरण :

    * हल्का: १० मिलिमिटर सम्म
    * मध्यम: १०–५० मिलिमिटर
    * भारी: ५०–१०० मिलिमिटर
    * धेरै भारी: १००–२०० मिलिमिटर
    * अति भारी: २०० मिलिमिटर भन्दा बढी

    प्रतिक्रिया दिनुहोस्
    images
    images