images
images
  • महिला फुटबल : भारतसँग नेपाल भिड्दै

    काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले नेपाली टोली भारतको सामना गर्न तयार रहेको बताएकी छन् ।

    त्रिदेशीय मैत्रीपूर्ण फुटबलको अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दै छ ।

    यही खेललाई ‘दक्षिण एसियाली खेलकुदको प्रतिष्ठाको लडाइँ’को संज्ञा दिँदै कप्तान सावित्राले नेपाल भारतको सामना गर्न तयार रहेको बताएकी हुन् ।

    “दक्षिण एसियाली फुटबलको प्रतिष्ठाको लडाइँ छ । यसका लागि हामी तयार छौँ । हामी अघिल्लो खेलमा भएका गल्तीहरूलाई सुधारेर खेल्नेछौँ । हामीले अघिल्लो खेलमा सन्तुलन बनाउन सकेका थिएनौँ । यसलाई सुधार गरेर अघि बढेर जित्नका लागि खेल्नेछौँ,” सावित्राले आइतबार प्रशिक्षणपछि सञ्चारकर्मीसँग भनिन् ।

    खेलमा नेपाल र भारत दुवै प्रतियोगिताको सुखद अन्त्यको खोजीमा हुनेछन् ।

    यसअघि, दुवै टोली इरानसँग पराजित भएका थिए ।

    इरानसँग भारत २–० र नेपाल ३–० ले पराजित भएका थिए ।

    प्रतियोगितामा अपराजित रहेको इरानले उपाधि उचालिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images