images
images
  • पाँच जना एसएसपी डीआइजीमा बढुवा

    काठमाडौं– गृह मन्त्रालयले पाँच जना एसएसपीलाई डीआइजीमा बढुवाका लागि सिफारिस गरेको छ ।

    मन्त्रालयको बढुवा समिति सचिवालयको सिफारिस सूचीअनुसार पहिलो नम्बरमा भूपेन्द्र खत्री, दोस्रोमा सानुराम भट्टराई, तेस्रोमा ओम अधिकारी, चौथोमा शेखर खनाल र पाँचौँमा अभिनारायण काफ्ले रहेका छन् ।

    तर, गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका बेला काठमाडौं प्रहरी परिसर प्रमुख रहेका एसएसपी विश्व अधिकारी डीआइजी पदमा बढुवा सिफारिसमा छुटेका छन् ।

    एसएसपीबाट डीआइजीमा बढुवा सिफारिस गर्ने सूचीमा अधिकारीको नाम नपरेको हो ।

    उनी बढुवा दाबेदारमध्ये अग्रस्थानमा रहेका प्रहरी अधिकृत मानिन्थे ।

    २०७८ वैशाख २४ गते भएको एसएसपी बढुवामा पनि अधिकारी पहिलो नम्बरमा थिए ।

    अधिकारी छुटेपछि पाँच जना एसएसपीलाई डीआईजीका लागि सिफारिस गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images