images
images
  • भारतले कृत्रिम वर्षा गराउँदै

    काठमाडौं– भारतको दिल्लीमा वायु प्रदूषण ए : २.५ को स्तर जनवरीपछिकै उच्च विन्दुमा पुगेपछि आपतकालीन हस्तक्षेपको माग पुनः उठेको छ ।

    तीमध्ये मौसम परिवर्तनमार्फत वायु प्रदूषणसँग जुध्न क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराउने दिल्ली सरकारले महत्वाकांक्षी योजना बनाएको छ ।

    पहिले बादलको अभावका कारण ढिलाइ भए पनि यो परियोजना अब सञ्चालनको तयारी चरणमा प्रवेश गरेको छ ।

    दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मौसम अनुकूल रहेमा दिल्लीमा अक्टोबर २९ मा पहिलो कृत्रिम वर्षा हुनसक्ने बताएकी छिन् ।

    सामाजिक संजाल एक्समा अद्यावधिक जानकारी साझा गर्दै उनले लेखिन्, “दिल्लीमा पहिलो पटक क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराउने तयारी पूरा भएको छ, जुन राजधानीको वायु प्रदूषणविरुद्धको लडाइँमा एक महत्त्वपूर्ण प्राविधिक कोसेढुंगा हो ।”

    गुप्ताले भारत मौसम विभागले अक्टोबर २८ र ३० बीचमा बादल लाग्ने अवस्थाको पूर्वानुमान गरेको छ ।

    उनले भनिन्, “यदि, मौसम अनुकूल रहेमा दिल्लीले अक्टोबर २९ मा आफ्नो पहिलो कृत्रिम वर्षाको अनुभव गर्ने सम्भावना छ ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images