काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आज राति ९ बजे पत्नी आरजु राणासहित थप उपचारका लागि सिंगापुर जाने भएका छन् ।
भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो ।
सुरक्षाकर्मीले उद्धार गरी सेनाको सैनिक अस्पताल छाउनीमा पुर्याएको थियो ।
कांग्रेस नेताहरूका अनुसार देउवाको टाउकोमा १२ टाँका लागेको छ ।
प्रतिक्रिया दिनुहोस्























