images
images
  • पानी पार्ने बादल पुनः सक्रिय, देशैभर भारी वर्षाको सम्भावना

    काठमाडौं– नेपालको मौसम प्रणालीमा अरब सागरमा बनेको न्यूनचापीय प्रणाली (पानी पार्ने बादल) प्रभाव देखिन सुरु भएको छ ।

    जसका कारण केही भूभागमा आज वर्षा हुनेछ ।

    हाल देशमा पश्चिमीवायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ ।

    बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।

    सातवटै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    विभागले राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ ।

    बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।

    गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images