images
images
  • यूएईमा महिनामा ७९ जना नेपालीको मृत्यु

    काठमाडौं– पछिल्ला तीन महिनामा वैदेशिक रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (यूएई) रहेका ७९ जना नेपालीको मृत्यु भएको छ ।

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा उनीहरूको मृत्यु यूएईमा भएको हो ।

    यूएईस्थित नेपाली दूतावासका अनुसार, ०८२ साउनमा ३२, भदौमा १९ र असोजमा २८ जना नेपालीको मृत्यु भएको हो ।

    नेपाली दूतावासका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो ।

    गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको थियो ।

    अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए ।

    सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत कारणले नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images