images
images
  • सोमपालले लिए अमेरिकाको पहिलो विकेट

    संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको आइतबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो विकेट लिएको छ ।

    नेपाली टोलीका बलर सोमपाल कामीले अमेरिकाको पहिलो विकेट लिएका हुन् ।

    सोमपालले अमेरिकाका ओपनर ब्याट्सम्यान एन्ड्रिस गौसलाई ११ रनको व्यक्तिगत स्कोरमा भीम सार्कीद्वारा क्याच गराए ।

    आठौं ओभरको दोस्रो बलमा गौस आउट हुँदा अमेरिकाले १८ रन बनाएको छ ।

    दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली टोलीले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images