images
images
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आह्वान

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले यही कात्तिक १२ गते केन्द्रीय कमिटी बैठक काठमाडौँमा बोलाएको छ ।

    विभिन्न वामपन्थी शक्तिसँग एकताका लागि आएको प्रस्तावमा छलफल गर्न बैठक बोलाइएको हो ।

    वामपन्थी, कम्युनिस्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्याउन केन्द्रित हुने बैठकमा एकतापछिको पार्टीको सैद्धान्तिक दृष्टिकोण, नेताहरूको व्यवस्थापनलगायत विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

    वैचारिक विवाद, सङ्गठनको आन्तरिक द्वन्द्व केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने भएको छ ।

    पार्टीका अधिकांश नेताहरूले अहिले केही कम्युनिस्टलाई पार्टी एकीकृत गर्न अगाडि सबै वामपन्थीबिच ध्रुवीकरणका लागि गृहकार्य गर्नुपर्ने सुझाव दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images