images
images
  • १५ नयाँ दल दर्ताको निवेदन

    काठमाडौं– निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका निम्ति निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ ।

    आउँदो फागुन २१ गते हुने गरी प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरिनुअघि १० दल दर्ताका निम्ति निवेदन दिइएको थियो ।

    निर्वाचन घोषणापछि पाँच दल दर्ताका निम्ति निवेदन दिइएको र तिनका कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ ।

    सामान्यतः आयोगमा दल दर्ताका निम्ति जहिले पनि निवेदन दिन सकिन्छ ।

    तर, ‘जेनजी’ आन्दोलनपश्चात् नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा गरिएको परिवेशमा युवापुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ ।

    प्रक्रिया पुग्नेको आवेदन स्वीकृत हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । –रासस

    प्रतिक्रिया दिनुहोस्

    images