मकवानपुर- पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, निर्मल बस्तीमा ट्रकको ठक्करबाट शुक्रबार (कात्तिक ७) पैदलयात्रीको मृत्यु भएको छ ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना८ख १२५६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी पुष्कर बोगटीले जानकारी दिए ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी स्याङतानको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने ट्रकका चालक धनुषाको मिथिला नगरपालिका–६ का २५ वर्षीय सञ्जितकुमार महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । -रासस


विश्व खबर 



















प्रतिक्रिया दिनुहोस्