
काठमाडौं– जनमत पार्टीले केन्द्रीय समिति अद्यावधिक गरेको छ ।
पार्टीबाट राजीनामा दिएका र कारबाहीमा परेका नेताहरू हटाइएपछि नयाँ केन्द्रीय सदस्यहरू थपिएका छन्, तर पदाधिकारीमा कुनै नयाँ नियुक्ति भएको छैन ।
पहिले उपाध्यक्ष अब्दुल खान र प्रवक्ता शरदसिंह यादवलगायत नेताहरूले राजीनामा दिएका थिए भने उपाध्यक्ष ई. दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव र सचिव वीपी साह कारबाहीपछि हटाइएका थिए ।
नयाँ केन्द्रीय समितिअनुसार पदाधिकारीको क्रम यसप्रकार छ :
- अध्यक्ष: डा. सिके राउत
- उपाध्यक्ष: ई. वसन्त कुशवाहा, ई. नरेन्द्र चौधरी, नरसिंह चौधरी, दान बहादुर चौधरी, डा. जयकान्त राउत
- महासचिव: चन्दन सिंह
- उपमहासचिव: ई. इन्द्रजीत यादव
-
सचिव: अनिता मण्डल, अनिता देवी साह, भोपेन्द्र यादव, राधा यादव, संजय यादव, हेमलाता रजक, बाल गोविन्द चौधरी
प्रतिक्रिया दिनुहोस्