
काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उचित वातावरण बनाइए पार्टी निर्वाचनमा सहभागी हुने बताए ।
सुर्खेतमा आयोजित पूर्वसभापति गोविन्दबहादुर मल्लको १३औँ पुण्यतिथिमा श्रद्धाञ्जलीसभामा उनले भने, सरकारले चुनावको वातावरण बनाउनुपर्ने र सुरक्षा निकायको मनोबल बढाउनुपर्ने भएकोमा जोड दिँदै आममतदातामा सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताएका छन् ।
खड्काले सरकारमाथि नेता लाञ्छना लगाउने, भ्रम सिर्जना गर्ने र अन्योल बढाउने आरोप लगाउँदै पार्टी कानुनी छानबिनमा खुला रहेको बताए ।
उनले पार्टीको केन्द्रीय कार्यसमितिले चुनाव, अधिवेशन र वर्तमान परिस्थितिबारे उपयुक्त निर्णय गर्ने पनि उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्