images
images
  • मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना उच्चपदस्थ अधिकारी पक्राउ

    काठमाडाैं । मलेसिया वैदेशिक रोजगारीका कामदारहरूसँग गैरकानुनी रूपमा रकम संकलन गरी ठगी गरेको र सो रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रम सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा मन्त्रालयकी तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र पीडित विकास रानाभाटसमेतको जाहेरीका आधारमा सीआईबीले उनीहरूमाथि अनुसन्धान अघि बढाएको हो । काठमाडौं जिल्ला अदालतबाट बुधबार नै पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर प्रहरीले आरोपीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।

    नेपाल सरकार र मलेसिया सरकारबिच भएको द्विपक्षीय समझदारी (एमओयू) विपरीत अधिकार क्षेत्र नाघेर गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ८ करोड ३७ लाख ४ हजार ३९ अमेरिकी डलर र ३ करोड ७१ लाख ७ज्ञ हजार ८८० बेलायती पाउन्ड स्टर्लिङ (कुल नेपाली रुपैयाँ १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा) मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको प्रहरीको भनाइ छ ।

    आरोपीहरूमाथि संगठित रूपमा श्रमिक ठगी गर्ने कार्यमा मौन बसेको, कानुनी उपचार नगरेको तथा पद र जिम्मेवारीको दुरुपयोग गरी विदेशी मुद्रा अपचलन गराएर देशको अर्थतन्त्रमा प्रतिकूल असर पारेको अभियोग छ। हाल पक्राउ परेका ६ जना आरोपीहरूमाथि ‘ठगी तथा संगठित अपराध निवारण ऐन, २०७०’ अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images