images
images
  • ‘पूर्वेली राजा’ नामक मस्कट सार्वजनिक

    काठमाडौं– विराटनगर किंसले नेपाल प्रिमियर लिग (एनपीएल)का लागि ‘पूर्वेली राजा’ नामक नयाँ मस्कट अर्ना सार्वजनिक गरेको छ ।

    मस्कटले टिम र यसले प्रतिनिधित्व गर्ने पूर्वी क्षेत्रको गहिरो भावनालाई प्रतिनिधित्व गर्ने बताइएको छ ।

    हाल लोपोन्मुख अवस्थामा रहेको अर्ना कोसी क्षेत्रको रैथाने प्रजाति हो ।

    विराटनगर किंसले अर्नालाई मस्कटको रूपमा चयन गरेर आफ्नो क्षेत्रको प्राकृतिक सम्पदाप्रति सम्मान व्यक्त गरेको जनाएको छ ।

    विराटनगर किंसका अनुसार, यस दुर्लभ जनावरको संरक्षणका लागि जनचेतना फैलाउने सन्देश पनि दिएको छ ।

    यसको उपस्थितिले प्रशंसकहरूलाई शक्ति, सौन्दर्य र दृढ संकल्पको सम्झना गराउनेछ, जुन अर्ना र टिम दुवैका समान गुण हुन् ।

    ‘पूर्वेली राजा’ नामले कोसी प्रदेशमा विराटनगरको गौरव र यसले गर्ने नेतृत्वको प्रतिनिधित्व गर्छ ।

    यसले टिमलाई ‘पूर्वको राजा’का रूपमा समेत चित्रित गर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images