images
images
  • प्रधानमन्त्री र दलहरूबीच छलफल हुँदैछ किन ?

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई बोलाएकी छन् ।

    उनले दलहरूलाई आज दिउँसो ४ बजे बालुवाटारमा बोलाएकी हुन् ।

    बालुवाटारमा हुने छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा नेपाल र जनमत पार्टी सहभागी हुनेछन् ।

    प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार यसअघि प्रधानमन्त्रीले विभिन्न दलका नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेकी छन् ।

    आज प्रधानमन्त्री र दलहरूबीच आगामी निर्वाचनबारे छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images