
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ता भएको छ ।
कार्की र बालेनबीच आज (बुधबार) दिउँसो सिंहदरबारमा भेट भएको हो ।
भेटवार्ताको क्रममा प्रधानमन्त्रीले बालेनलाई जेन्जी आन्दोलनको मर्म बमोजिम काम गरिरहेको बताएकी थिइन् ।
बालेनले पनि आन्दोलनकै मर्मअनुसार काम गर्न आग्रह गरेका छन् ।
भेटको क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल र आइजिपी चन्द्रकुवेर खापुङबीचको मिलेमतोमा ५० करोड रुपैयाँ भ्रष्टाचारबारे विश्वखबरमा प्रकाशित समाचारबारेमा पनि छलफल भएको बुझिएको छ ।
आइतबार विश्वखबरले ‘गृहमन्त्री अर्याल र आइजिपी खापुङको मिलेमतोमा सामान खरिद टेन्डरमा ५० करोड भ्रष्टाचार’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
उक्त समाचार सार्वजनिक भएपछि आइतबार बेलुकी नै बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले गृहमन्त्रीलाई मार्ग प्रशस्त गर्न भनेकी थिइन् ।
तर, गृहमन्त्री अर्यालले आफूले बालेनलाई सोधेर जवाफ दिने बताएका थिए ।
त्यसपछि आन्तरिक रूपमा बालेन र गृहमन्त्रीबीच लामो संवाद र छलफलपछि आज कार्की र बालेनबीच भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्रीलाई बालेनले गृहमन्त्रीले राजीनामा दिन नहुने सुझाएका छन् । त्यसपछि गृहमन्त्रीको राजीनामाबाट प्रधानमन्त्री पछि हटेकी छन् ।
प्रतिक्रिया दिनुहोस्