images
images
  • प्रम कार्कीलाई घाइते जेन्जीको चेतावनी– भ्रष्टाचारीलाई कारबाही नगरे पुनः आन्दोलन हुन्छ

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँग चार घण्टा बढी समय छलफल गरिन् ।

    घाइतेहरूले सरकारलाई भ्रष्टाचार र दमनविरुद्ध कठोर कदम चाल्न सुझाव दिँदै कारबाही नभए नयाँ आन्दोलनको चेतावनी पनि दिए ।

    घाइते प्रतिनिधि रुपिन खड्काको नेतृत्वमा आएको १८ सदस्यीय समूहले क्रान्तिबाट आएको सरकारले तत्काल क्रान्तिकारी कदम चाल्नुपर्ने बताए ।

    खड्काले भने, “जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, उनीहरूलाई किन अझै रोकिएको छ ? नियमले कि कानुनले ?”

    छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र दमनबारे प्रगतिबारे जानकारी दिए ।
    प्रधानमन्त्री कार्कीले भने, “हामी कानूनी प्रक्रियामा काम गरिरहेका छौँ । चुनाव पनि हुन्छ, भ्रष्टाचारको छानबिन पनि । बाहिरको दबाबले हामीलाई चलाउने छैन, नतिजा छिट्टै आउँछ ।”

    घाइतेहरूले आरोपित केही व्यक्ति भाग्ने र सम्पत्ति लुकाउने प्रयास गरेको बताउँदा अर्यालले ती व्यक्ति अब ‘नेपालमै छन्’ भनेर देखापर्न थालेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्

    images