
काठमाडौं– अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ४ बजे हुने प्रतिनिधिसभा निर्वाचनका विषयमा सातै दलसँग छलफल गर्दैछिन् ।
प्रत्येक दलबाट दुई प्रतिनिधि पठाउन पत्राचार गरिएको छ ।
बैठकमा नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ र गगन थापा सहभागी हुनेछन् ।
यसअघि राष्ट्रपति आव्हान गरेको बैठकमा सहभागी प्रतिनिधि भने केही फरक थिए ।
बैठकमा दलहरू उच्चस्तरीय सहभागिता र निर्वाचनमा सहयोगको प्रतिबद्धता जनाउने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस्