काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन् ।
स्वास्थ्य अवस्था कमजोर भएको कारण देखाउँदै ८० वर्षीय वैद्यले स्वेच्छिक रूपमा जिम्मेवारी त्यागेका हुन् ।
उनको स्थानमा पार्टीले सीपी गजुरेललाई नयाँ महासचिव नियुक्त गरेको छ ।
‘किरणजी लामो समयदेखि महासचिवको भूमिकामा रहनुभएको थियो, तर स्वास्थ्यले साथ नदिँदा केन्द्रीय समितिले महासचिवको जिम्मेवारी मलाई दिएको हो,’ गजुरेलले भने ।
वैद्य अब सल्लाहकार तथा विशेष समितिमा रहनेछन् ।
तत्कालीन नेकपा (माओवादी) विभाजनपछि वैद्यको नेतृत्वमा २०६९ सालमा ‘नेकपा–माओवादी’ गठन भएको थियो ।
त्यसपछि २०८१ मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवका रूपमा वैद्य चयन भएका थिए ।
प्रतिक्रिया दिनुहोस्























