images
images
  • पत्रकार कि बार्गेनर ? सुदीप विश्वकर्माको दीयोपोष्ट जालो खुल्दै !

    काठमाडौं–पत्रकारिता राज्यको चौथो अंग मानिन्छ । यसको उद्देश्य सत्य, तथ्य र निष्पक्ष ढंगले जनताको आवाजलाई उजागर गर्नु हो । तर, पछिल्लो समय केही व्यक्तिले पत्रकारिता पेशालाई व्यक्तिगत स्वार्थ र बार्गेनिङको माध्यम बनाउने प्रवृत्ति बढ्दै गएको छ ।

    उक्त प्रवृत्तिको एक पात्र एवं नेपाली पीतपत्रकारिताको परिचित नाम हो– ‘सुदीप विश्वकर्मा’ । उनले पत्रकारिताको आवरणमा चलाएको बार्गेनिङ धन्दा त्यसको उदाहरण बनेको छ । करिव एक दशकदेखि नेपाली पत्रकारिता गर्दै आएका दीर्घमान सुनारका नाति, टंकमानका छोरा सुदीप विश्वकर्मा धादिङको ज्वालामुखी गाउँपालिका–२ काफ्लेपानीका हुन् । उनी हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका छन् ।

    विश्वकर्माले पत्रकारको नाममा विभिन्न सरकारी कार्यालय, संघ–संस्था, व्यापारीहरूलाई त्रास देखाएर आर्थिक लाभ लिने गरेका आरोपहरू क्रमशः सार्वजनिक हुँदै आएका छन् ।

    पत्रकार आचारसंहितालाई बेवास्ता गर्दै विश्वकर्माको यस्तो हर्कतले सम्पूर्ण प्रेसको विश्वसनीयतामाथि प्रश्न उठ्ने गरेको छ । यी र यस्ता व्यक्तिहरूकै कारण प्रेस काउन्सिलको नियम, आचारसंहिता र मिडियाको नैतिकतामाथि आँच आउने गरेको छ । यस्तो हर्कत प्रेस स्वतन्त्रतामाथिको अपमान हो । पत्रकारको नाममा बार्गेनिङ, धम्की र ब्ल्याकमेल गर्ने कार्यले आमपाठक, विज्ञापनदाता र जनविश्वास गुमाउँछ भने निष्पक्ष पत्रकारितामाथि औँला उठ्ने गरेको छ ।

    नियामक निकायहरूले यस्ता व्यक्तिहरूको पत्रकारितामाथि छानबिन गरी कानुनी कारबाही गर्नुपर्छ । प्रेस संगठनहरूले पनि आत्मसमीक्षा गरी आ–आफ्ना सदस्यहरूको पत्रकारितामाथि निगरानी गर्नुपर्ने बेला भएको छ ।  निष्पक्ष पत्रकारिता जनताको आवाज हो, व्यापार होइन । त्यसैले पत्रकारिताको निष्पक्षता जोगाउन सुदीप विश्वकर्माजस्ता बार्गेनिङमा संलग्न पात्रहरूलाई कानुनको कठघरामा उभ्याउनु अपरिहार्य छ ।

    किन रोजे सुदीप विश्वकर्माले रातोपाटी डटकम ?

    487974044 9460833007328632 1590888250253590179 nविश्वकर्माले २०७० साल फागुन ३ गते रातोपाटी डटकमबाट आफ्नो पत्रकारिता आरम्भ गरेका हुन् । उनले त्यहाँ २०७२ साल मंसिर १७ गतेसम्म काम गरेको रातोपाटी डटकमका तत्कालीन एक पत्रकारले जानकारी दिए ।

    विश्वकर्मा किन र कसरी रातोपाटीमा जोडिए ? भन्ने अलि रोचक प्रसंग छ । यसअघि विश्वकर्मा नेकपा (माओवादी केन्द्र) मा आवद्ध थिए । उनी त्यसताका नै माओवादी हुँ भन्दै नहिँडेका होइनन् । विपक्षीलाई तह लगाउन माओवादी देखाउँदै धम्की दिने गरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

    विश्वकर्माले पत्रकारिता सुरु गर्दा रातोपाटी डटकम रोजे । उतिबेला रातोपाटीले उचाइ लिँदै गएको थियो । त्यसपछि उनको नजरमा रातोपाटी गड्नु स्वभाविक थियो । रातोपाटी पनि माओवादी ट्यागबाट अलग थिएन । यहीँ मौकामा उनले रातोपाटीमा काम गर्ने अवसर पाए । अवसरको सदुपयोग गर्नुको साटो दुरुपयोग गर्दै आएको रातोपाटीमा कार्यरत एक पत्रकार बताउँछन् ।

    रातोपाटीमै कार्यरत हुँदा उनले एक विवादित व्यापारिक घरानाको समाचार लेखेर पनि प्रकाशन नगरी बार्गेनिङ गरेका थिए । बार्गेनिङ पश्चात् उनले ती घरानासँग मोटो रकम असुल्न आफू निकट दाइलाई पठाएका थिए । त्यसपछि उक्त कर्तुत व्यवस्थापकले थाहा पाएपछि विश्वकर्माले दुई महिनाको तलब नलिइ भागेका थिए । त्यही मौकामा उनलाई रातोपाटीले निकालेको थियो ।

    रातोपाटीको आवरणमा विश्वकर्माले सरकारी कार्यालय प्रमुख, जनप्रतिनिधि, सांसद, मन्त्री, ठेकेदार, व्यापारी, व्यापारिक घरानाहरू र प्रहरी प्रशासनलाई बार्गेनिङ गर्ने, धम्काउने गर्न थालेपछि रातोपाटीमा खैलाबैला भएको थियो । त्यसपछि उनी रातोपाटीमा टिक्न सकेनन् । रातोपाटी छोडे पनि रातोपाटीमै काम गर्छु भन्दै ९८५१००४६१६ बाट फोन गरेर आफू आर्थिक बिटमा काम गर्ने बताउथे ।

    सुरुमा व्यापारी र व्यापरिक घरनाहरूको पक्षमा समाचार लेखेर खुसी पार्दै आएका थिए । समयक्रमसँगै स्वभाव र परिस्थिति बदलिँदै जान थाल्यो– ‘सुदीप विश्वकर्माको ।’ रातोपाटीमा काम गर्दै जाँदा विस्तारै विश्वकर्मा चुस्की र हुस्कीको तालमा कहिलेकाही बर्बराउने गर्थे– उनी ।

    विश्वकर्माको बाल्यकालको स्वभाव रातोपाटीमार्फत उजागर हुँदै आएको थियो । रातोपाटीमा कार्यरत हुँदा व्यावसायिक घरनालाई धम्की दिएको सूचना रातोपाटी न्युजरुमसम्मै चुहिएपछि निकै हल्लाखल्ला भएको थियो ।

    रातोपाटीमै कार्यरत हुँदा उनले एक विवादित व्यापारिक घरानाको समाचार लेखेर पनि प्रकाशन नगरी बार्गेनिङ गरेका थिए । बार्गेनिङ पश्चात् उनले ती घरानासँग मोटो रकम असुल्न आफू निकट दाइलाई पठाएका थिए । त्यसपछि उक्त कर्तुत व्यवस्थापकले थाहा पाएपछि विश्वकर्माले दुई महिनाको तलब नलिइ भागेका थिए । त्यही मौकामा उनलाई रातोपाटीले निकालेको थियो ।

    पत्रकारिताको आवरणमा बार्गेनिङ धन्दा: सुदीप विश्वकर्माको पत्रकारिताको पर्दाफाश !

    sudip bkस्रोतका अनुसार २०७४ मा दीयो मिडिया प्रालिद्वारा सञ्चालित दीयोपोष्ट डटकमको स्थापना काठमाडौं महानगरपालिका–२० अनामनगरबाट सुरु भयो । दीयोपोष्ट स्थापना कालमा सुदीप विश्वकर्माले सामान्य समाचार प्रकाशन गर्दै आएका थिए । त्यसपछि उनले व्यवसायीहरूलाई करछलीको प्रमाण छ भन्दै धम्काएर रकम लिने गरेको पीडितको आरोप छ । पीडितले भने अनुसार रकम नपाए आचारसंहिता विपरीत भ्रामक समाचार लेख्ने गरेको गुनासो सुनाए ।

    रातोपाटीमा भएकै बेला उच्च घराना व्यापारीको फाइल, प्रहरी उच्च अधिकारीको आडमा अनुस्थानात्मक फाइल, पूर्व प्रहरी महानिरीक्षक, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीको सहयोग, आन्तरिक राजस्व विभाग र सम्पति शुद्धीकरणबाट आन्तरिक मिलोमतोमा अनुसन्धानको फाइल लिएर प्रमाण संकलन गर्ने गरेको पाइएको छ ।

    विज्ञानपन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुँमागाईले पनि केही मिडियाको हर्कतप्रति आपत्ति जनाएका छन् । उनले भने, ‘पत्रकारिताको आधारभूत आचारसंहिता उल्लंघन गरेका र प्रेस काउन्सिल नेपालले कारबाही गरेर कालोसूचीमा परेका सञ्चार माध्यमहरूले सरकारी एवं निजी कुनै पनि संस्थाको विज्ञापन प्रकाशन तथा प्रसारण गर्न रोक लगाएका छौँ ।’

    ‘सुरुमा तपाईंहरूको फाईल हामीसँग छ । विज्ञापन दिनुहुन्छ, हामीलाई पनि साथ दिनुहुन्छ भने समाचार लेख्दैनौँ भन्दै धम्काउने गर्छन्,’ स्रोतले भन्यो, ‘तपाईंले भनेजति सहयोग गर्न सक्दिनँ भनेमा तथ्य र प्रमाण विनै चरित्रहत्या गर्ने गरि तथानाम समाचार लेख्छन्, विश्वकर्मा ।’

    स्रोतको भनाइ पुष्टि हुने गरी विश्वकर्माले बार्गेनिङ धन्दाकै कारण उनलाई पटकपटक प्रेस काउन्सिल नेपालले कारवाही समेत गरिसकेको छ ।दीयोपोष्टविरुद्ध प्रेस काउन्सिलमा १९ वटा उजुरी परेको छ । उक्त उजुरीउपर छानविन गरेर ९ वटा उजुरीको आधारमा प्रमाण नपुगेपछि कालोसूचीमा राखेको थियो । प्रेस काउन्सिलले दियोपोष्ट डटकमलाई २०८१ मंसिर २७ गते काउन्सिलको निर्णय अनुसार सूचीकरणबाट हटाएको थियो ।

    press press 1सूचीकरणबाट हटाए पनि उनको कमाऊ धन्दा भने हालसम्म रोकिएको छैन । किनकी उनको संरक्षणमा केही वरिष्ठ पत्रकार, पूर्वप्रहरी अधिकारी र वर्तमान उच्च प्रहरीको साथ रहँदा उनको कमाऊ धन्दा र तथ्यहीन समाचार दैनिक प्रकाशन गर्दै आएका छन् । यस विषयमा जानकारी लिन खोज्दा दियो पोष्टका संचालक सुदीप विश्वकर्मासंग ९८५१००४६१६ नम्वरमा टेलिफोन सम्पर्क गर्दा फोन उठेनन् ।दीयोपोष्ट प्रेस काउन्सिलले सूचीकरणबाट हटाए पनि भ्रामक समाचार प्रकाशन गर्न नरोकेपछि पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोखरेलले समाचार सत्य, तथ्य र निपष्क्ष ढंगले लेखन, सम्पादन र प्रकाशन गर्नुपर्नेमा जोडदिए ।

    ‘पत्रकारिताको आचारसंहिता विपरीत कुनै पनि सञ्चार माध्यमले समाचार प्रकाशन गर्न पाइँदैन । दीयोपोष्ट प्रेस काउन्सिलले सूचीकरणबाटै हटाएकोले कुनै पनि समाचार प्रकाशन गर्न पाउँदैन । यदि त्यसो गरेको पाइएमा कारबाहीको भागेदार हुनुपर्छ,’ उनले भने, ‘पत्रकारिताको आडमा पीतपत्रकारिता गर्नेहरूप्रति आम पाठकवर्ग सचेत हुनुपर्छ ।’

    letterत्यस्तै विज्ञानपन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुँमागाईले पनि केही मिडियाको हर्कतप्रति आपत्ति जनाएका छन् । उनले भने, ‘पत्रकारिताको आधारभूत आचारसंहिता उल्लंघन गरेका र प्रेस काउन्सिल नेपालले कारबाही गरेर कालोसूचीमा परेका सञ्चार माध्यमहरूले सरकारी एवं निजी कुनै पनि संस्थाको विज्ञापन प्रकाशन तथा प्रसारण गर्न रोक लगाएका छौँ ।’

    यद्यपि कालोसूचीमा परेका वा सूचीकरणबाट हटाइएका मिडियालाई विज्ञापन प्रकाशन तथा प्रसारण गर्न दिएमा कारबाही गर्ने हुँमागाईले चेतावनी दिएका छन् ।

    ‘बार्गेनिङ गरेर समाचार लेख्ने, विज्ञापन माग्ने र कालोसूचीमा परेका मिडियालाई विज्ञापन दिने जुनसुकै संस्थालाई समेत कारबाही गर्छौँ,’ विज्ञानपन बोर्ड नेपालका अध्यक्ष हुँमागाईले भने ।

    case

    नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पनि कालोसूचीमा रहेका कुनै पनि सञ्चार माध्यमले समाचार प्रकाशन गर्न नपाइने जिकिर गरेका छन् ।

    ‘नेपालमा सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्नुपर्छ । पत्रकार आचारसंहिता उल्लंघन गरेमा प्रेसको सर्वोच्च संस्था प्रेस काउन्सिल नेपालले कारबाही गर्छ,’ महासचिव दाहालले भने ।

    त्यसैगरी प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले पत्रकार आचारसंहिता उल्लंखन गर्ने जुनकुनै मिडियाहरूलाई प्रेस काउन्सिल नेपालले यसअघि नै कारबाही गर्ने निर्णय र नियम बनाएको बताए । तर, यसअघि दीयोपोष्टले काउन्सिलको उक्त निर्णयविरुद्ध उच्च अदालत पाटनमा उजुरी दर्ता गरेको थियो । उक्त उजुरी उच्चले गत पुस २४ गते बदर गरेको थियो ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासँग बुझ्दा पत्रकाररू आचारसंहिता बमोजिम समाचार लेखन तथा प्रकाशन गर्नुपर्ने बताउँछिन् । पछिल्लो समय नेपाली पत्रकारिता जगतमा मौलाएको पीतपत्रकारिताले निष्पक्ष पत्रकारिता गर्नेसमेत असर पर्ने हुँदा जो–कोहीलाई कारबाही हुनुपर्ने वरिष्ठ पत्रकार किशोर नेपाल बताउँछन् ।

    यद्यपि कालोसूचीमा परेका वा सूचीकरणबाट हटाइएका मिडियालाई विज्ञापन प्रकाशन तथा प्रसारण गर्न दिएमा कारबाही गर्ने हुँमागाईले चेतावनी

    letter 2 e1760369678906पत्रकारिताको आडमा अवैध ढंगले कमाउ धन्दा अन्त्य हुनु अत्यावश्यक छ । आवाजविहीनहरूको आवाजका लागि पत्रकारिताले अहम् भूमिका खेल्नुपर्छ । यसकै आडमा कमाऊ धन्दामा संलग्न हुनु गैरकानुनी भएको नेपालको भनाइ छ ।

    सुदीप विश्वकर्मा पत्रकारको आवरणमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, व्यापारी लगायतसँग समाचार लेखिदिने धम्की दिँदै आर्थिक लेनदेन गरेको आरोप बाहिर आएको छ । यस्तो प्रवृत्तिले प्रेसको प्रतिष्ठामा आँच पुगेको छ । अब यस्ता प्रवृत्तिलाई रोक्न सम्बन्धित निकायहरू– प्रेस काउन्सिल नेपाल, पत्रकार महासंघ र सञ्चार मन्त्रालयले कठोर कदम चाल्न आवश्यक छ ।

    488363688 9463707710374495 4342391571907447115 n

    प्रतिक्रिया दिनुहोस्

    images