images
images
  • ओलीको लिँडेढिपीले पोखरेल, शाक्य, पौडेल र थापा जस्ता शीर्ष नेताहरूले हारे

    काठमाडौं– नेकपा (एमाले)को यसअघि बसेको सचिवालय बैठकमा ६ नेताले पद छोडेर पार्टी पुनर्गठनको प्रस्ताव गरेपछि अध्यक्ष केपी शर्मा ओली रक्षात्मक बनेका छन् ।

    जेनजी विद्रोहपछि प्रधानमन्त्री पद छाडेका ओलीले पदाधिकारीको दबाब झेल्दै आएका छन् ।

    १३ असोजको बैठकमा सचिवालयले कुनै निर्णय नगरी केन्द्रीय कमिटी बैठक बोलाउने सहमति दिएको थियो ।

    पहिलो दिनको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल र रामबहादुर थापाले पार्टी पुनर्गठनको पक्षमा बोले ।

    शाक्यले लिखित रूपमा ओलीको राजीनामा मागिन् ।

    उपाध्यक्ष गुरु बराल र महासचिव शंकर पोखरेलले ओलीको बचाउ गरे भने उपमहासचिव प्रदीप ज्ञवालीले मध्यमार्गी प्रस्ताव राखे ।

    विष्णु पौडेलले पार्टी पुनर्गठन आवश्यक भए पनि आलोचना र समीक्षा गर्नुपर्ने बताएका थिए ।

    ईश्वर पोखरेलले नेतृत्व छोड्न दबाब दिनुभन्दा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणमा जोड दिए ।

    उपाध्यक्ष बादल र ज्ञवालीले महाधिवेशनमार्फत निर्णय गर्ने प्रस्ताव अघि सारे ।

    सुरेन्द्र पाण्डे र अन्य नेताहरूले जेनजी आन्दोलनको मूल माग वर्तमान नेतृत्वको विदाइ भएको भन्दै, सहज निकास दिनुपर्ने निष्कर्ष सुनाए ।

    प्रतिनिधिसभा पुनस्र्थापनाको प्रस्तावमा नेताहरू विभाजित देखिए ।

    बादलले यसलाई ‘क्रान्ति’को संज्ञा दिए, जबकि महासचिव पोखरेल र उपमहासचिव ज्ञवालीले चुनावमै फोकस गर्नुपर्ने तर्क गरे ।

    प्रतिक्रिया दिनुहोस्

    images