
काठमाडौं– जेन्जी आन्दोलनपछि वाम घटकबीच फेरि व्यापक एकताको चर्चा सुरु भएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी र नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग एकता गर्ने बताउँदै आएका छन् ।
माओवादी र समाजवादी दुवै दलले आन्तरिक गृहकार्य थाले पनि नेतृत्व, सिद्धान्त र संरचनामा ठोस सहमति बनेको छैन ।
विप्लवले पुराना नेताले नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्न नसक्ने बताउँदै नयाँ पुस्ताको नेतृत्वमा एकता हुनुपर्ने बताएका छन् ।
उनले पुराना नेतालाई संरक्षकको भूमिकामा राख्दै नयाँ नेतृत्व अघि सार्नुपर्ने पनि जोड दिए ।
एकीकृत समाजवादीमा भने एकताबारे मतभेद तीव्र छ ।
सचिवालय बैठकले बेदुराम भुसाललाई वार्ता संयोजक बनाए पनि झलनाथ खनाल, घनश्याम भुसाललगायतका नेताहरूले असहमति जनाएका छन् ।
खनालले भारतबाटै एकताको प्रक्रियालाई पार्टीका लागि जोखिमपूर्ण भनेका छन् ।
माओवादी महासचिव देव गुरुङका अनुसार कम्युनिस्टबीच एकताको विषय सधैं चर्चामा रहने भए पनि यो पटक छलफल केही गम्भीर बनेको छ ।
तर, नीति, सिद्धान्त र नेतृत्वमा अझै स्पष्ट सहमति छैन ।
नेताहरूका भनाइअनुसार यसपटक समाजवादी मोर्चामा आबद्ध दलहरूसँग सैद्धान्तिक रूपमा एकताको सहमति बनेको भए पनि नाम, कार्यक्रम र कार्यदिशामा मतैक्य हुन बाँकी छ ।
तर, विश्लेषकहरूका अनुसार प्रचण्डले दबाबमा परेका बेला रणनीतिक रूपमा एकताको कार्ड फ्याँक्ने गरेका छन् ।
जेनजी आन्दोलनपछि नेतृत्वमा प्रश्न उठेपछि उनले फेरि वाम एकताको कुरा अघि सारेका हुन् ।
यसैबीच, माओवादी–समाजवादी संवादले एमाले अध्यक्ष ओली पनि सक्रिय बनेका छन् ।
उनले माधवलाई एमालेमा फर्किन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्