
काठमाडौं– अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनका विषयमा आज साँझ ४ बजे दलहरुसँग छलफल गर्दैछिन् ।
बैठकमा प्रत्येक दलबाट दुई प्रतिनिधि सहभागी हुनेगरी प्रधानमन्त्रीको तर्फबाट ७ दललाई पत्राचार गरिएको थियो ।
नेकपा (एमाले)बाट शंकर पोखरेल र प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी हुनेछन् ।
फागुन २१ का प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि राष्ट्रपति र निर्वाचन आयोगले दलहरुसँग छुट्टाछुट्टै छलफल गरिसकेका थिए ।
तर, सरकारले पहिलोपटक सिधा संवाद गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्