images
images
  • फिफा यू–२० च्याम्पियनसिपको उपाधि मोरोक्कोले जित्यो

    काठमाडौं– मोरोक्कोले पहिलोपटक फिफा यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

    सोमबार अर्जेन्टिनालाई फाइनलमा २–० ले पराजित गर्दै मोरोक्कोले उपाधि जितेको हो ।

    चिलीको स्टाडियो नेस्नल जुलियो मार्टिनेज प्राडानोज रंगशालामा मोरोक्कोलाई जिताउन दुवै गोल यासिर जिबिरीले गोल गरेका थिए ।

    उनले खेलको १२औँ र २९औँ मिनेटमा गोल गरेका थिए ।

    यसअघि, समूह ‘सी’मा रहेको मोरोक्कोले ६ अंकका साथ अन्तिम–१६ मा स्थान बनाएको थियो ।

    मोरोक्कोले अन्तिम–८ मा अमेरिकालाई ३–१ ले पराजित गरेको थियो ।

    फाइनलमा स्थान बनाउन मोरोक्कोले फ्रान्सलाई पेनाल्टीमा ५–४ ले हराएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images