images
images
  • मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए पद तथा गोपनीयताको शपथ

    जनकपुरधाम– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    मुख्यमन्त्री सोनलले एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए ।

    उनलाई एक सिटको नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images