काठमाडौं– सुनको भाउले साढे २ लाख नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो । आजको सुनको भाउ हालसम्मकै उच्च हो ।
अघिल्लो दिन २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















